कोरोना संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट नगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

कोरोना संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट नगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना डिस्चार्ज भएका छन् ।

दक्षिण कोरियाबाट फर्किएका २ सहित ४ जना नेपाली कोरोना संक्रमणको आशंकामा आइतबार टेकु अस्पताल भर्ना भएका थिए ।

कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुको नमूना (स्याम्पल) संकलन गरी परीक्षण गरिएको थियो । नमूना संकलन गरिएको ७२ घण्टापछि आएको रिपोर्टमा उनीहरुलाई संक्रमण भएको नदेखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

‘कोरोना संक्रमणको आशंकामा भर्ना भएका चारै जनाएको रिपोर्ट नेगेटिभ आएको छ,’ प्रवक्ता डा. बास्तोलाले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई डिस्चार्ज गरिएको छ ।’

प्रवक्ता बास्तोलाका अनुसार कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका १ जनामा भने इन्फ्लूएन्जाको संक्रमण देखिएको छ ।

एन्फ्लूएन्जाको संक्रमण भएका व्यक्तिलाई भने चिकित्सकको सल्लाहमा थप उपचार गर्ने गरी आराम गर्न सल्लाह दिइएको बास्तोलाले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : ४६ बजे

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०