ब्याडमिन्टन स्टार प्रिन्सको वरियतामा सुधार « Khabarhub

ब्याडमिन्टन स्टार प्रिन्सको वरियतामा सुधार


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को जुनियरतर्फको विश्व वरियतामा नेपालका प्रिन्स दाहाल शीर्ष १० मा उक्लिएका छन् । मंगलबार सार्वजनिक बीडब्लुएफको वरियतामा उनी एक स्थान सुधार गर्दै १० औं सथानमा उक्लिएका हुन् । यसअघि उनी ११ औं स्थानमा थिए ।

सन् २०१९ मा दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेपछि एकाएक १०३ औं स्थानबाट ५४ औं स्थानमा उक्लिएका उनले त्यसपछि खेलेका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष १० सम्म आइपुगेका हुन् ।

यो नै नेपाली खेलाडीको जुनियरतर्फको अहिलेसम्मको माथिल्लो वरियता हो । अहिले उनी जुनियर सिरिजका लागि नेदरल्यान्ड्स र जर्मनी यात्रामा छन् । नेपाली खेलाडी पहिलो पटक युरोपमा खेल्न गएका हुन् ।

जुनियरतर्फ शीर्ष स्थानमा भने फ्रान्सका क्रिस्टो पोपोभ छन् भने दोस्रो र तेस्रो स्थानमा भारतका मेइराबा लुबाङ र बरुण कुपर रहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : ०४ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ