इरानमा २३ जना सांसदलाई कोरोना भएको पुष्टि, ज्यान गुमाउनेको संख्या ७७ पुग्यो « Khabarhub

इरानमा २३ जना सांसदलाई कोरोना भएको पुष्टि, ज्यान गुमाउनेको संख्या ७७ पुग्यो


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । इरानका २३ जना सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए ।

इरानमा एकै दिन कोरोना भाइरसका कारण यति धेरै सङ्क्रमित भेटिएको यो पहिलो दिन हो । इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले राज्य सञ्चालित टेलिभिजनबाट प्रशारित प्रतिक्रियामा बताए ।

उनले भने, “पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ र योसँगै इरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार ३३६ पुगेका छ । घातक यो भाइरस सङ्क्रमणका कारण ७७ जनाको मृत्यु भएको छ ।”

नयाँ भाइरसको सङ्क्रमणको केन्द्र मानिएको मूख्यभूमि चीन र खासगरी हुबेई प्रान्तको वुहानमा गरी ३ हजार बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणबाट चीनबाहिर सबैभन्दा बढी व्यक्तिको इरानमा मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभर यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १ सय १६ व्यक्तिको मृत्युभइसकेको छ ।

सङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।

यसैबीच इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले सबै नागरिकलाई कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाई लगायत रोकथामका अन्य उपायलाई अवलम्वन गर्न आग्रह गरेका छन् ।

उनले भने, “सबै नागरिकले रोकथामका उपाय र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले दिएको निर्देशनलाई पढ्न, सिकाउन र पालना गर्न आवश्यक छ ।”

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ८ : ०७ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि