कोरोनाको आशंकामा कतारबाट फर्किएका एक जना टेकु अस्पताल भर्ना « Khabarhub

कोरोनाको आशंकामा कतारबाट फर्किएका एक जना टेकु अस्पताल भर्ना


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारबाट आएका एक जना नेपालीलाई कोरोनाको आशंकामा टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

मंगलबार चार जना नेपालीलाई डिस्चार्ज गरेकै दिन थप एकजनालाई कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

कतारबाट फर्केका ५४ वर्षीय ती व्यक्तिलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको उनले बताए ।

‘उहाँमा रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार नै आइसोलेसनमा भर्ना गरेका छौं’ बास्तोलाले भने।

अर्का दक्षिण कोरियाबाट फर्केका एक जना हिजोदेखि आइसोलेसनमा छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : १६ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य