प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी, ६ घण्टामा प्रत्यारोपण सकिने « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी, ६ घण्टामा प्रत्यारोपण सकिने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपणको तयारी सुरु भएको छ ।

प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ।

परीक्षणमा सम्पूर्ण रिपोर्ट राम्रो आएपछि मिर्गौला प्रत्यारोपणको तयारी गरिएको हो । अहिले  बिहान ९ बजेदेखि सुरु हुने प्रत्यारोपणको काम करिव ६ घण्टामा सकिनेछ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट डा. अनन्तकुमार सहितको टोली नेपाल आइसकेको छ ।

२०६४ साल साउनमा दिल्लीस्थित अपोलो अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण पनि डा. अनन्तकुमारकै नेतृत्वमा भएको थियो।

३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेको बताइन्छ ।

किङ जर्ज मेडिकल युनिभर्सिटी लखनउबाट एमबीबीएस, पिग्मेयर चन्ढीगढबाट एमएस, एमसीएच (युरोलोजी) र बीएनडी (युरोलोजी) गरेका डा. अनन्तकुमारसहित टोली प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन नेपाल आएको छ ।

प्रत्यारोपणमा युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीसहित भारतबाट आएका चिकित्सक डा. अनन्तकुमारको टोली संलग्न रहनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ०० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा