एसीसी इस्टर्न रिजन टी – ट्वान्टी : थाइल्याण्डलाई फराकिलो अन्तरले जित्नुपर्ने दबाबमा नेपाल « Khabarhub

एसीसी इस्टर्न रिजन टी – ट्वान्टी : थाइल्याण्डलाई फराकिलो अन्तरले जित्नुपर्ने दबाबमा नेपाल


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इस्टर्न रिजन टी-ट्वान्टी कप क्रिकेटमा आफ्नो तेस्रो खेलमा नेपालले आज  आयोजक थाइल्याण्डसँग खेल्दैछ ।

बैंककमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अहिले बिहान ८:१५ बजे सुरु हुनेछ ।

टेर्डथाई क्रिकेट मैदानमा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । तर, प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।

नेपाल यस प्रतियोगिताबाट उपाधि जित्दै एसिया कप छनोटमा पुग्न चाहन्छ । पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्ध फराकिले जित निकाल्नुको विकल्प छैन । नेपाललाई अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।

मुख्यत नेपालले शीर्ष दुईमा स्थान बनाउन हङकङको भर पर्नु पर्नेछ । हङकङले बाँकी रहेको खेलमा फराकिलो जित हात पारे नेपालले शीर्ष दुईमा स्थान बनाउने समिकरण रहेको छ ।

यसर्थ आजको खेलमा नेपालले आयोजकमाथि ठूलो रन रेट बनाउने लक्ष्य सहित खेल्नु पर्नेछ । नेपाल २ खेलमा २ हार व्यहोर्दा अंक जोड्न सकेको छैन । नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : २९ बजे

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो

तेहरान- इरानमा गत जनवरीमा भएको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको हत्या

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

सिरहा– लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह