प्रधानमन्त्रीको शल्यक्रिया जारी, ४ बजेसम्ममा सकिने « Khabarhub

प्रधानमन्त्रीको शल्यक्रिया जारी, ४ बजेसम्ममा सकिने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ ।

बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

अस्पतालले बिहान ९ बजेदेखि शल्यक्रिया थाल्ने बताएपनि शल्यक्रिया अघि गरिएको सम्पूर्ण स्वास्थ्य परीक्षणको रिपोर्ट केहिढिलामात्र आएकाले १० बजेमात्र अपरेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई झापा चारखालीकी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी छन् । उनलाई पनि आज प्रधानमन्त्री ओली भन्दा केहिबेर अघिमात्र अपरेसन थिएटरमा लगिएको थियो ।

मिर्गौला दान संग्रौलाले आफूले प्रधानमन्त्री ओलीका लागि नभई भोलिको नेपालका लागि मिर्गौला दान गरेको बताएकी थिइन ।

चिकित्सकहरुका अनुसार मिर्गौला दिने र लिने दुबैको एकैसाथ अप्रेसन हुन्छ ।

डा अरुण सायमीले मिर्गौला प्रत्यारोपणका लागि दुई वटा टीम रहेको जानकारी दिए । ‘ट्रान्स प्लान्टमा दुईवटा टीम हुन्छ । एउटा टिमले डोनरको किड्नी निकाल्छ साइडबाइ साइड काम हुन्छ’ डा सायमीले भने ।

१२ वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यससँगै ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलासहित तीन मिर्गौला थिए । आज मिर्गौला प्रत्यारोपण गरिएसँगै उनको शरीरमा चार वटा मिर्गौला हुनेछ ।

अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार आजको प्रत्यारोपणपछि चारवटा हुनेछन्।

“फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो,” ज्ञवालीले भने।

“उहाँका आफ्नै दुईटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।”

प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ। मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि शुरु हुन्छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न भारतबाट डा अनन्त कुमार नेपाल आएका छन् ।

डाक्टर कुमारले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी हुन नेपाल मेडिकल काउन्सिलबाट हिजै लाइसेन्स समेत लिएका थिए । उनलाई ६ दिनका लागि लाइसेन्स दिइएको छ । डा अनन्त प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक समेत हुन् ।

अहिले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया भइरहेको त्रिवि शिक्षण अस्पताल परिसरमा ओलीका शुभचिन्तक, नेकपाका नेता तथा कार्यकर्तालगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : २४ बजे

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित