‘हिरो रिटर्न्स’ मा रेखा र सविनको एक्सन अवतार « Khabarhub

‘हिरो रिटर्न्स’ मा रेखा र सविनको एक्सन अवतार


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सविन श्रेष्ठ र रेखा थापालाई एक्सन अवतारमा उतार्दै फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

यो फिल्ममा प्रेमकथाका साथै एक्सन पनि देख्न सकिन्छ । ट्रेलरमा रेखा थापा र सविन श्रेष्ठलाई प्रेमका साथै एक्सन भूमिकामा पनि देखाइएको छ ।

लामो समयदेखि रिलिज हुन नसकेको यो फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा दिल श्रेष्ठको पनि शीर्ष भूमिका छ ।

ध्रुवतारा फिल्मस र ओम शिव फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई भीम न्यौपाने र धु्रव न्यौपानेले निर्माण गरेका हुन् ।

यो फिल्म वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने भनिएको छ । फिल्ममा शिवम् अधिकारीको कथा, पटकथा र संवादका साथ मदन कश्यप न्यौपानेको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ५० बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,