यी हुन् प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न १६ चिकित्सक (सूचीसहित) « Khabarhub

यी हुन् प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न १६ चिकित्सक (सूचीसहित)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको स्वदेशमै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ६९ वर्षीय प्रधानमन्त्री ओलीको सफलतापूर्वक दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सक सहभागी थिए। शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले मिर्गौला प्रत्यारोपणको शल्यक्रियामा संलग्न सबै चिकित्सक र कर्मचारीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक सहभागी भएका थिए।

प्रधानमन्त्रीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल पदार्थ अर्थात कालो चिया दिइनेछ।

चिकित्सकले खबरहबलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भयो भने ५-६ दिनमा डिस्चार्ज गर्न सकिनेछ । प्रधानमन्त्रीले अहिले पूर्ण होसमा आइसकेको जनाइएको छ ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो । प्रधानमन्त्री ओलीको यसअघि २०६४ सालमा भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको सूची

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : २२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा