नेपालको भ्रमण गरी कोरोनाका कारण स्पेनमा मृत्यु भएका नागरिकको विवरण खोज्दै दूतावास « Khabarhub

नेपालको भ्रमण गरी कोरोनाका कारण स्पेनमा मृत्यु भएका नागरिकको विवरण खोज्दै दूतावास


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसका कारण मृत्यु भएको समाचार सार्वजनिक भएसँगै स्पेनस्थित नेपाली दूतावासले ती नागरिकको विवरण खोज्न थालेको छ ।

दूतावासका अनुसार मृत्यु हुने व्यक्तिको सम्पूर्ण विवरण लिन कर्मचारीलाई खटाएको जनाइएको छ । दूतावासले परराष्ट्र मन्त्रालय र  भ्यालेन्सिया अस्पताललाई मृतकको विवरण उपलब्ध गराउन आग्रह गरेको जनाइएको छ ।

हालै नेपाल भ्रमण गरेर फर्किएका उनको कोरोनाभाइरसको कारण मृत्यु भएको समाचार मंगलबार सार्वजनिक भएको थियो । उनको गत फेब्रुअरी १३ मा मृत्यु भएको भए पनि अहिले उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरिएको हो ।

स्पेनमा कोरोनाका कारण स्पेनमा मृत्यु भएको यो नै पहिलो घटना हो । हालसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट दुई सयको हाराहारीमा संक्रमित रहेको जनाइएको छ ।

यो पनि पढौं

नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ५१ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ