कोरोनाबाट बच्न कैलालीको सीमानामा हेल्थ डेक्स « Khabarhub

कोरोनाबाट बच्न कैलालीको सीमानामा हेल्थ डेक्स


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट बच्न उच्च सतर्कता अपनाउँदै वडा नं ९ स्थित सीमानाका खक्रौलामा हेल्थ डेस्क स्थापना गरेको छ ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको समन्वय र सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा नाकाबाट आउजाउ गर्नेमध्ये सम्भावित सङ्क्रमितलाई मध्यनजर गर्दै स्क्यानर मेसिनबाट जाँच भइरहेको जनस्वास्थ्य प्रवर्द्धन शाखा संयोजक बलबहादुर रावलले बताए ।

“जाँचका लागि तीन जनास्वास्थ्यकर्मी परिचालन गरेका छौँ, दुई वटा स्क्यानर मेशिनको सहयोगमा जाँच भइरहेको छ”, संयोजक रावलले भने , “कोरोनाको सङ्क्रमणबाट बच्न सीमामा आवतजावत गर्ने नागरिकलाई पर्चा पम्पलेट वितरण र बच्ने उपायबारे जानकारी दिन थालेका छौँ ।”

विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरस आयातीत रोगका रुपमा नेपाल आउने प्रवल सम्भावना भएकाले नाकामा संवेदनशीलताका साथ उच्च निगरानी राखिएको छ ।

खक्रौलाको हेल्थ डेस्कमा सङ्क्रमित फेला परे वा सम्भावित व्यक्तिलाई उपचारका लागि टीकापुर अस्पतालमा छुट्टै आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । दुई शय्याको वार्डमा सम्भावित भएकालाई राखेर उपचार गर्ने तयारी गरिएको टीकापुर अस्पतालका अध्यक्ष दीपक रावलले बताए ।

“कोरोना फैलन नदिन हामी सचेत भएका छौँ । हामीले जनचेतना फैलाउने कार्यसँगै उपचारका लागि आवश्यक तयारी पनि गरेका छौँ”, अध्यक्ष रावलले भने, “हामीले सार्वजनिकरुपमा नागरिकलाई सुरक्षित रहन अपिल पनि गरेका छौँ ।”

कोरोना भाइरस तीव्ररुपमा सर्ने रोग भएकाले यसबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिनु अति आवश्यक छ । रोग लाग्न नदिन सबैले स्वास्थ्यको ख्याल गरी सरसफाइसँगै आचरणमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका