कोरोनाको आशंकामा चार जना टेकु अस्पताल भर्ना | Khabarhub Khabarhub

कोरोनाको आशंकामा चार जना टेकु अस्पताल भर्ना


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोराना भाइरस संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् ।

कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक कोरोनाको आशंकामा अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए ।

‘अस्पतालमा भर्ना भएका चारै जनामा कोरोनाको परीक्षणको रिपोर्ट बिहीबार आउने छ ’, प्रवक्ता डा. बाँस्तोलाले भने,‘तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको छ।’

डाक्टर  बास्तोलाका अनुसार ४ जनाकै कोरोना परिक्षणका लागि थ्रोड स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ।

मंगलबार मात्र अस्पतालमा कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ४९ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित