फिफा विश्वकप एसिया छनौट : नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव « Khabarhub

फिफा विश्वकप एसिया छनौट : नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप फुटबल एसिया छनोट अन्तर्गत नेपालसँग हुने खेल सार्न अष्ट्रेलियाले प्रस्ताव गरेको छ ।

विश्वभर कोरोनाको महामारी फैलिएपछि अष्ट्रेलियाले सोही कारण दर्शाउँदै नेपालबिरुद्धको पूर्वनिर्धारित खेल सार्न प्रस्ताव गरेको हो।

अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लिगको खेल नेपालसंग खेल्दैछ ।

मार्च ३१ मा नेपाल र अष्ट्रेलिया दशरथ रंगशालामा खेल्ने तय भइसकेको छ । त्यसको ५ दिन अघि नेपालले दशरथ रंगशालामै चाईनिज ताईपेसंग विश्वकप छनोटको दोस्रो लिग खेल्दैछ ।

अष्ट्रेलियाको प्रस्ताव र कोरोना संक्रमण फैलन नदिइन संसारभर सतर्कता अपनाइरहँदा विश्वकप छनोटको पूर्व निर्धारित खेल सर्ने सम्भावना बढेर गएको छ । यद्यपी यसको आवश्यक निर्णय भने भइसकेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : १० बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको