मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, सिन्धुपाल्चोक र मकवानपुर पुग्ने « Khabarhub

मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, सिन्धुपाल्चोक र मकवानपुर पुग्ने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस वर्ल्ड २०१९ विजेता जमैकाकी टोनी एन सिंह नेपाल आएकी छिन् ।

उनी विहीवार(आज) विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।

तीन दिने भ्रमणका लागि नेपाल आएकी सिंहलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरेका थिए । सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

नेपालमा रहँदा उनले सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा गर्नेछिन् । उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्ने कार्यक्रम रहेको छ ।

उनले हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुष्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् त्यस्तै उनी पूर्व मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ०० बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी