खगेन्द्रको ‘पानीफोटो’ साउनमा रिलिज हुने | Khabarhub Khabarhub

खगेन्द्रको ‘पानीफोटो’ साउनमा रिलिज हुने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी वर्षको साउन ३० गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दियो ।

टुकी आर्टस् र मञ्जुश्री फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई खगेन्द्र आफैले लेखेका हुन् ।

नाटक ‘पानीफोटो’ मा आधारित यो फिल्ममार्फत खगेन्द्र ठूलो पर्दाको फिल्मको निर्देशनमा डेब्यु गरेका छन् ।

१५ वर्षअघि बेपत्ता पारिएको छोराको पर्खाइमा रहेको एक परिवारको कथा रहेको यो फिल्मले जनयुद्धको पीडा बोल्छ ।

फिल्ममा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको छायांकन बर्दिया, रोल्पा, स्याङ्जा लगायतका स्थानमा खिचिएको छ ।

यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको यो फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  २ : ५९ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर