खगेन्द्रको ‘पानीफोटो’ साउनमा रिलिज हुने « Khabarhub

खगेन्द्रको ‘पानीफोटो’ साउनमा रिलिज हुने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी वर्षको साउन ३० गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दियो ।

टुकी आर्टस् र मञ्जुश्री फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई खगेन्द्र आफैले लेखेका हुन् ।

नाटक ‘पानीफोटो’ मा आधारित यो फिल्ममार्फत खगेन्द्र ठूलो पर्दाको फिल्मको निर्देशनमा डेब्यु गरेका छन् ।

१५ वर्षअघि बेपत्ता पारिएको छोराको पर्खाइमा रहेको एक परिवारको कथा रहेको यो फिल्मले जनयुद्धको पीडा बोल्छ ।

फिल्ममा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको छायांकन बर्दिया, रोल्पा, स्याङ्जा लगायतका स्थानमा खिचिएको छ ।

यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको यो फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  २ : ५९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय