कोरोना भाइरसको प्रभाव : खेलकुदका सवै गतिविधि रोक्न राखेपले दियो निर्देशन « Khabarhub

कोरोना भाइरसको प्रभाव : खेलकुदका सवै गतिविधि रोक्न राखेपले दियो निर्देशन


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस समाधान नभएसम्मका लागि खेलकुद गतिविधि नगर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको राखेपको बैठकले अर्को सुचना प्रकाशीत नभएसम्मका लागि सम्पूर्ण संघ संस्थाहरुलाई कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको छ ।

राखेपले विज्ञप्ति जारी गर्दै लेखेको छ,‘कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रुपमा लिईए छ,’ वित्रप्तिमा भनिएको छ,‘परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।’

राखेपसँगको समन्वयमा आज मात्रै एभरेष्ट प्रिमि लिग (ईपीएल) तत्कालका लागि स्थगित भएको छ भने धरानमा चैत ३ देखि हुने तय भएको महिला लिग पनि सर्ने सम्भावना छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ७ : १३ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर