‘मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’ « Khabarhub

‘मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकको समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय हुनु जरुरी रहेको बताएका छन् ।

संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा धनगढीमा आयोजित विकास र समृद्धिअन्तर्गत समन्वय विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले तीन वटै सरकारबीच समन्वय नहुँदा एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले तीन वटै तहका सरकारबीच समन्वय भए बजेट विनियोजनमा एकरुपता हुने बताए ।

उनले तीनवटै सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा ढिलाइ भइरहेको बताउँदै भने , ‘‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा एक अर्काबीच दोषारोण गर्ने प्रवृत्ति बढेको छ, यो प्रवृत्ति हटाउन समन्वयको गर्न जरुरी छ ।”

संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले तीन वटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ३० बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत