‘मास्क’मा कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्न आग्रह « Khabarhub

‘मास्क’मा कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्न आग्रह


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको मुल्यभन्दा निकै महँगो मुल्य पर्ने गुनासो बढेपछि विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उक्त पैसा नलाग्ने नम्बरमा फोन गर्न आग्रह गरेका हुन् ।

उनले कोरोना भाइरसको त्रास भइरहेका बेला मौकाको फाइदा छोप्दै ठगी गर्नेहरुलाई तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने जानकारी दिए । माक्स लुकाएर मुल्य बढाउने केही ब्यापारीलाई कारवाही समेत गरिएको उनले जनाए ।

मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले बताएको छ ।

बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच-पाँच हजारका दरले जरिबाना तिराएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिएका छन् ।

अनुगमनक क्रममा त्यसरी कालोवजारी गर्ने अन्य ८ ब्यापारीलाई पनि सचेत गराइएको जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपाली बजारमा माक्सको कालोबजारी हुन थालेको छ । केही दिन यता बजारमा मास्क पाउन छाडेको तथा भएका माक्स पनि चर्को मुल्यमा बेच्ने गरेको जनगुनासो सँगै सरकारले निगरानी बढाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०० बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर