कोरोनाकै कारण भक्तपुर महोत्सव स्थगित « Khabarhub

कोरोनाकै कारण भक्तपुर महोत्सव स्थगित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो ।

तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य तयारीको कामलाई तीव्र पारेको थियो ।

महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाच प्रस्तुत गर्ने कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रम तय गरिएका थिए ।

त्यस्तै महोत्सवको सन्दर्भमा पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवद्र्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन काम अगाडि बढेका थिए ।

त्यस्तै नगरपालिकाले स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालीम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ५३ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली