संसदमा प्रधानमन्त्रीलाई प्रश्न– काम नलाग्ने मिर्गौला फेर्नुभयो, काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ ? « Khabarhub

संसदमा प्रधानमन्त्रीलाई प्रश्न– काम नलाग्ने मिर्गौला फेर्नुभयो, काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ ?


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले प्रधानमन्त्री आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताए ।

शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरीले शरीरमा काम नलग्ने भएपछि प्रधानमन्त्रीले मिर्गौला फेर पनि काम नलाग्ने आसेपासे र भ्रष्टाचारीलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरे ।

उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन?’देश कोरोना भाइरसको भयले आक्रान्त छ। त्यसभन्दा भ्रष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा संक्रमण गरेको उनको भनाइ थियो।

त्यस्तै सा‌सद डिला संग्रौला पन्तले पिन प्रधानमन्त्रीले शारीरिक रुपमा जिते पनि भ्रष्टाचारसँग जित्न नसक्नु भएको बताइन् । ‘शारीरिक रुपमा जित्नुभयो। भ्रष्टाचारसँग जित्नु भएको छैन। सेक्युरिटी प्रेसको भ्रष्टाचार ढाकछोप गर्ने होइन। कारबाही हुनैपर्छ’ उनले भनिन् ।

देशमा कोरोना जस्तै भ्रष्टाचारले दु : ख दिएको उनको भनाइ थियो । उनले भनिन्, ‘भ्रष्टाचार नेपालको कोबिड १९ नै हो। देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ११ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा