संसदमा प्रधानमन्त्रीलाई प्रश्न– काम नलाग्ने मिर्गौला फेर्नुभयो, काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ ? | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीलाई प्रश्न– काम नलाग्ने मिर्गौला फेर्नुभयो, काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ ?


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले प्रधानमन्त्री आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताए ।

शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरीले शरीरमा काम नलग्ने भएपछि प्रधानमन्त्रीले मिर्गौला फेर पनि काम नलाग्ने आसेपासे र भ्रष्टाचारीलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरे ।

उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन?’देश कोरोना भाइरसको भयले आक्रान्त छ। त्यसभन्दा भ्रष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा संक्रमण गरेको उनको भनाइ थियो।

त्यस्तै सा‌सद डिला संग्रौला पन्तले पिन प्रधानमन्त्रीले शारीरिक रुपमा जिते पनि भ्रष्टाचारसँग जित्न नसक्नु भएको बताइन् । ‘शारीरिक रुपमा जित्नुभयो। भ्रष्टाचारसँग जित्नु भएको छैन। सेक्युरिटी प्रेसको भ्रष्टाचार ढाकछोप गर्ने होइन। कारबाही हुनैपर्छ’ उनले भनिन् ।

देशमा कोरोना जस्तै भ्रष्टाचारले दु : ख दिएको उनको भनाइ थियो । उनले भनिन्, ‘भ्रष्टाचार नेपालको कोबिड १९ नै हो। देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ११ बजे

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित