गगन थापाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव पेश, भन्छन्– कोरोनाबारे भयभीत नबनौं, सचेत रहौं | Khabarhub Khabarhub

गगन थापाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव पेश, भन्छन्– कोरोनाबारे भयभीत नबनौं, सचेत रहौं


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरसबाट बच्न सबै सचेत हुनुपर्ने बताएका छन् ।
उनले कोरोनाभाइरसबाट तर्सिन नभइ सचेत हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रवार कोरोना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले नेपालमा अहिलेसम्म संक्रमणको दुःखद् घटना सुन्नु नपरेको सुखद् अवस्था रहेको तर यो सुखद अवस्था सधै रहन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले अहिले नेपालका लागि पूर्व तयारी गर्ने अवसर भएको र त्यस अनुसार का गर्नुपर्ने बताएका छन् ।

उनले सरकार एक्लैले मात्र होइन तीनै तहको सरकार र समुदायपनि सचेत हुनुपर्ने र मिलेर अघिबढ्नु पर्ने बताए ।
उनले सरकारले केही काम गरेको भएपनि पर्याप्त नभएको बताए ।

उनले कोरोना भाइरस संक्रमण रोकथाम र पूर्वतयारीका लागि सरकारले उपप्रधानमन्त्रीको संयोजकत्वमा समिति गठन भएको र त्यसलाई सहयोग गर्नेगरि संसदमा पनि विशेष समिति बनाइनु पर्ने बताए ।

उनले कोरोनाबारे एकै प्लेटफर्मबाट सूचना र जानकारी आउनुपर्ने बताए ।

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए । सस्तो मूल्यमा पनि आइसोलेसन वार्ड बनाउन सकिने उनले बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : २८ बजे

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने