कोरोना त्रास : फुटबल गतिविधि स्थगन गर्ने तयारीमा एन्फा « Khabarhub

कोरोना त्रास : फुटबल गतिविधि स्थगन गर्ने तयारीमा एन्फा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमण विश्वभर फैलदै गएपछि विश्व फुटबलको नियामक निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले एसियामा हुने फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तरगतका खेल रोक्न परिपत्र गरेसँगै नेपाल र अस्ट्रेलियाबीचको खेल तत्कालका लागि सर्ने भएको छ ।

फिफा र एएफसीले बिहीबारै तत्काल एसियामा हुने खेल रोक्न परिपत्र गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उक्त विज्ञप्तिलाई सदर गर्दै अस्ट्रेलिया र चाइनीज ताइपेइसँगको खेल रोकिएको बताएको छ ।

यस्तै, नेपालभित्र हुने फुटबलका गतिविधि पनि तत्कालका लागि रोकिने एन्फा स्रोतले खबरहबलाई जानकारी दियो ।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफल पछि एन्फाले तत्काल हुने तय भएका सबै प्रतियोगिता रोक्ने तयारी गरेको हो ।

पहिलो पटक हुने तय भएको महिला फुटबल लिग सर्ने छ भने राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग समेत सर्ने सम्भावना रहेको एन्फा स्रोतले बताएको छ । एन्फाले कुन–कुन प्रतियोगिता रोक्ने भन्ने विषयमा आजै विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु