कोरोना त्रास : फुटबल गतिविधि स्थगन गर्ने तयारीमा एन्फा « Khabarhub

कोरोना त्रास : फुटबल गतिविधि स्थगन गर्ने तयारीमा एन्फा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमण विश्वभर फैलदै गएपछि विश्व फुटबलको नियामक निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले एसियामा हुने फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तरगतका खेल रोक्न परिपत्र गरेसँगै नेपाल र अस्ट्रेलियाबीचको खेल तत्कालका लागि सर्ने भएको छ ।

फिफा र एएफसीले बिहीबारै तत्काल एसियामा हुने खेल रोक्न परिपत्र गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उक्त विज्ञप्तिलाई सदर गर्दै अस्ट्रेलिया र चाइनीज ताइपेइसँगको खेल रोकिएको बताएको छ ।

यस्तै, नेपालभित्र हुने फुटबलका गतिविधि पनि तत्कालका लागि रोकिने एन्फा स्रोतले खबरहबलाई जानकारी दियो ।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफल पछि एन्फाले तत्काल हुने तय भएका सबै प्रतियोगिता रोक्ने तयारी गरेको हो ।

पहिलो पटक हुने तय भएको महिला फुटबल लिग सर्ने छ भने राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग समेत सर्ने सम्भावना रहेको एन्फा स्रोतले बताएको छ । एन्फाले कुन–कुन प्रतियोगिता रोक्ने भन्ने विषयमा आजै विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ४५ बजे

नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण स्वीकृत

काठमाडौं– नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप

सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल 

काठमाडौं– सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

धनुषा– दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ

बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको

स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी