विश्व शान्तिका लागि सेना खटाउने देशमध्ये नेपाल चौथो स्थानमा « Khabarhub

विश्व शान्तिका लागि सेना खटाउने देशमध्ये नेपाल चौथो स्थानमा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ ।

यसअघि पाँचौं स्थानमा रहेको नेपाल १ जनवरी २०२० यतादेखि नेपाल चौथो स्थानमा उक्लिएको हो ।

हाल विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा नेपाली सुरक्षाकर्मी शान्ति सेनाको रुपमा तैनाथ छन् । नेपालबाट हाल ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु शान्ति सेनाको रुपमा परिचालित छन् ।

शान्ति सेनाका रुपमा नेपाली सेनाबाट ५ हजार ९६ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ५ सय ६२ सुरक्षाकर्मी परिचालित छन् ।

पहिलोपटक सन् १८५८ मा युनाइटेड नेशन्स अब्जर्भेसन ग्रुप इन लेबनान (युएनओजीआईएल) मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।

हालसम्म १ लाख २९ हजार ८ सय ९९ जना सैनिकहरुले शान्ति मिसनमा सहभागिता जनाइसकेका छन् ।

नेपाली सेनाका तर्फबाट १ हजार ४ सय १ जना महिला सैनिक समेत शान्ति सेनाको रुपमा खटिसकेका छन् । हाल १ सय ८१ जना महिला सैनिक विभिन्न मिसनहरुमा कार्यरत छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालबाट शान्ति सेनाका रुपमा खटिएका ६५ जना सैनिकले सहादत प्राप्त गरेका छन् भने ६६ जना शक्त घाइते भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०९ बजे

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्