सशस्त्र प्रहरीद्वारा ४ करोड बढीको अवैध सामानसहित १५ जना पक्राउ « Khabarhub

सशस्त्र प्रहरीद्वारा ४ करोड बढीको अवैध सामानसहित १५ जना पक्राउ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटस्थित सशस्त्र प्रहरीको छुट्टाछुटै गस्ती टोलीले चार करोड भन्दा बढीको अवैध सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको छ ।

यस आर्थिक वर्षको साउनदेखि हालसम्म सशस्त्र प्रहरी गस्ती टोलीले भन्सार छली भित्र्याइएको ४ करोड ७१ लाख बराबर भारतीय सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनालाई नेपाल प्रहरीमार्फत कारवाहीको दायरामा ल्याइएको र बरामद सामान आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताए ।

सशस्त्र प्रहरीले यस आवको साउनदेखि हालसम्म लागुुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । गत फागुन २१ गते बुधबार सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेलबिछवाको गस्ती टोलीले राजदेवी नपा–८ लक्षमीपुर बडहर्वा सडकखण्डमा भारत विहार बैरगनिया–१३ का रोहित पासवानलाई पाँच किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।

यसअघि गत पुस १ गते सशस्त्र प्रहरीले लागुऔषध ३०० ट्याबलेट नाइटोभेटसहित एकजनालाई बङ्कुलबाट र गत गत असोज २५ गते गौरबाट लागुऔषध एक किलो गाँजासहित एकजनालाई पक्राउ गरेको थियो ।

हिन्दुूको पर्व होली नजिकिँदै जाँदा रौतहटको बेलबिछवा, महादेवपटी, औरैया, बनजरहा, जयनगर, मठिया, रामपुर नरकटिया, बङ्कुल र बाराको कर्चोवा, सिम्रौनगढ, पिपरपाती, मटिअर्वा, कबहिगोठ, मुसहर्वालगायत सीमा नाकाबाट भारतीय सामानको चोरी–तस्करी बढेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : ४० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय