धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था बन्द गर्ने निर्णय « Khabarhub

धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था बन्द गर्ने निर्णय


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेखित छ ।

कोरोनाको संक्रमण स्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, बोल्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले साथीभाईसँग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले राम्रोसँग हात सफा गर्न, केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सवलगायत मानिसको भिडाभाडमा गरिने किसिमका कार्यक्रम आयोजना नगर्न हुन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : १० बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने