वाइफाइ स्लो छ ॽ यस्तो छ ५ गुणा फास्ट बनाउने उपाय « Khabarhub

वाइफाइ स्लो छ ॽ यस्तो छ ५ गुणा फास्ट बनाउने उपाय


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेट प्रदायक कम्पनीहरुले अनेकथोकको समस्या देखाउँदै इन्टरनेटमा ठग्दै आएका छन् ।

प्रयोगकर्ताहरुलाई प्राविधिक जानकारी नहुँदा पनि ठगिनु परेको छ । भनेको जति स्प्रिड नदिनेदेखि नक्कली राउटरसम्म भिराउने कम्पनीहरुका कारण प्रयोगकर्ताको वाइफाइ नै स्लो हुने गरेका छन् ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले भने अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ ।

सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।

कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ ।

यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिने बताइएकोछ ।

अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ गिगाहर्ज र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।

कम्पनीले भनेको छ की यो नयाँ प्रविधिले डाटा ट्रान्सफरको गतिलाइ बढाएर प्रयोगकर्ताको समय बचत गर्न मद्दत मिल्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : २२ बजे

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका

डा. पाण्डे आउट भएसँगै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियनमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स