‘बागी ३’ को दमदार शुरुवात, कमायो यति करोड « Khabarhub

‘बागी ३’ को दमदार शुरुवात, कमायो यति करोड


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड एक्सन स्टार टाइगर श्राफको फिल्म ‘बागी ३’ ले शुक्रवारदेखि रिलिज भएको छ । यो फिल्मले नेपालमा पनि उत्साह जगाएको थियो ।

अहमद खानले निर्देशन गरेको यो फिल्मको लामो समयदेखि चर्चा थियो । फिल्मको एक्सन प्याक दर्शकले रुचाएका छन् ।

यो फिल्म यस वर्षको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । बलिउड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको छ ।

कोरोना भाइरस र होलीको माहोलका बाबजूद पनि फिल्म हेर्न हलसम्म दर्शक ओइरिएका छन् ।

फिल्मले मल्टिप्लेक्सका तुलनामा सिङ्गल स्किृनमा धेरै कमाइ गरेको छ । यो फिल्म टाइगरका फिल्ममध्ये सबैभन्दा धेरै ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ ।

यसअघि टाइगर र ऋतिक रोशनको फिल्म ‘वार’ ले एकैदिन ५३ करोड ३५ लाख कमाइ गरेको थियो । यस्तै बागी २ ले पहिलो दिन २५ करोड १० लाख रुपैयाँ कमाइ गरेको थियो ।

बागी सिरिजको कुरा गर्नुपर्दा चाहिँ यो बागी २ ले सबैभन्दा धेरै कमाइ गरेको थियो । श्रद्धा कपूरको पनि अभिनय रहेको बागी ३ ले पनि आक्रामक कमाइ गर्ने अनुमान गरिएको छ ।

यो फिल्म भारतमा मात्र ४४ सय पर्दामा रिलिज भएको थियो भने विदेशमा ११ सय पर्दामा रिलिज गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : १८ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च