माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई « Khabarhub

माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाममा जारी छैटौँ माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडौँले हात पारेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो ।

मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरेका हुन् । उपाधिसँगै मच्छिन्द्रले नगद रु आठ लाख र उपविजेता बनेको माईभ्यालीले रु पाँच लाख प्राप्त गरेको छ ।

वर्षाले बिथोलिएको खेलमा खेलको दोस्रो हाफपछिको इन्जुरी समयको सदुपयोग गर्दै मच्छिन्द्रलाई उपाधि दिलाएका हुन् । हाफपछिको समयमा खेलाडीले भारी बर्षाका बीच खेल खेल्नुपरेको थियो । खेलको १२औँ माईभ्यालीका छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए ।

२२औँ मिनेटमा मच्छिन्द्रका रेजिङ सुब्बाको प्रहार आकाशियो । ४३औँ मिनेटमा मच्छिन्द्रका विमलले गोलको अवसर गुमाए ।

प्रतियोगितमा डिफेन्डर माइभ्यालीका छिरिङ गुरुङ उत्कृष्ट बने । किपर आयोजकका देव लिम्बू मिडफिल्डर मच्छिन्द्रका योगेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका निया एन्डेस बने । उत्कृष्ट सबैले समान रु २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टोलीका शरण बस्नेत घोषित भए । उनले नगद रु एक लाख १५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुबाल बने ।

उनले नगद रु २५ हजार प्राप्त गरे । विजेतालाई पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, एन्फा अध्यक्ष कर्मा छिरिङलगायतले पुरस्कार वितरण गरेका थिए । शहीद स्मारक ए डिभिजन लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्रले माईभ्यालीसहित सिजनका तीन उपाधि जितेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ३० बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको