महिला साफ च्याम्पियनसिपः नेपाल–भारतबीच चौथो पटक फाइनल भिडन्त | Khabarhub Khabarhub

महिला साफ च्याम्पियनसिपः नेपाल–भारतबीच चौथो पटक फाइनल भिडन्त


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले महिला साफ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । विराटनगरको सहिद मैदानमा भइरहेको साफ च्याम्पियनसिपमा बुधबार दोस्रो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत फाइनलमा पुगेसँगै नेपाल र भारतबीचको उपाधि भिडन्त पक्का भएको हो । त्यसो त नेपालले चौथो पटक साफको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

श्रीलंकााई ४—० गोल अन्तरले पराजित गर्दै नेपाल र बंगलबादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेका हुन् ।
सन् २०१०, २०१२ र २०१४ मा लगातार तीन पटकको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । पहिलो संस्करणमै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको नेपाल चौथौ संस्करणमा भने फाइनल प्रवेश गर्न सकेको थिएन् । घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै इतिहास रच्न अवर नेपाललाई रहेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४—० ले पराजित गर्दै फाइनल पुगेको नेपालका लागि सावित्रा भण्डारी, अनिता बस्नेत, रेखा पौडेल र पुनम जर्घामगरले गोल गरेका थिए ।

त्यस्तै, फाइनलमा स्थान बनाएको भारतका लागि इन्दुमती काथिरेसनले २३ र ३७ औं मिनेट गोल गरिन भने डालिमा छिवर्गले १८ एक गोल गर्दै टिमलाई पहिलो हाफमा ३—० को शानदार अग्रता दिलाएकी थिइन् ।

प्रतियोगितामा राम्रो लयमा देखिएको नेपालले अघिल्लो महिना भारतमा सम्पन्न महिला हिरो गोल्डकप प्रतियोगितामा पहिलो पटक उसैको मैदानमा भारतलाई पराजित गरेको थियो । यसपटक साफमा लगातार तीन पटकको तगारो बनेको भारतलाई पछि पार्ने अवसरका रुपमा पनि पाँचौ संस्करणलाई हेरिएको छ ।

लगातार चार प्रतियोगितामा भारतसँगै पराजित भएको नेपालका लागि युवा खेलाडीको लय कायम रहे घरेलु मैदानमा उपाधि उचाल्दै इतिहास रच्ने अवसर रहेको छ । नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई ३—० गोल अन्तरले पराजित गरेको थियो ।
जितपछि पत्रकारसँग बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीको मेहनतले जित सम्भव भएको बताउँदै फाइनलमा यो लय कायम राख्ने बताएका छन् ।

भारत प्रतियोगितामा बलियो टोलीका रुपमा रहेको छ । अहिलेसम्मको इतिहासले पनि नेपाली खेलाडीमाथि भारतीय खेलाडी मनोवैज्ञानीक रुपमा बलियो देखिने छन् । तर, पनि नेपालले आफ्नो प्रदर्शन सुधार्दै यहि लयलाई यथावत राख्न सकेपनि उपाधि उचाल्न सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ६ : २८ बजे

बीमा बोर्डले बिपी प्रतिष्ठानलाई दिएन ७४ करोड, प्रथम सेवाविन्दुबाटै बाहिरिएपछि धराने आन्दोलित

सुनसरी– धरानका दुई लाख सर्वसाधारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार

तीन वर्षपछि क्यानले आदिललाई बोलायो प्रशिक्षणमा

काठमाडौं- टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताका

यस्तो छ १९ दिन ढिला गरी काठमाडौं महानगरले ल्याएको बजेट (पूर्णपाठ)

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापतिमा परिणत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको