ट्रम्पसँग हात मिलाएको दाबी गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि ! « Khabarhub

ट्रम्पसँग हात मिलाएको दाबी गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि !


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप विश्वका एक सय भन्दा धेरै मुलुकसम्म पुगिसकेको छ ।

यसबाट एक लाख ६ हजारभन्दा धेरै संक्रमित छन् भने ३६ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस अमेरिकासम्म पनि पुगिसकेको छ । अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ । अरु ३० राज्यहरुमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । अमेरिकामा यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न राज्यले संकटकाल लागू गरिसकेका छन् ।

पछिल्लो पटक भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकजना संक्रमित मानिससँग हात मिलाएको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाबाट प्रकाशित हुने वाशिंटन पोष्ट अखबारले जनाएअनुसार मेरील्याण्ड राज्यको अक्सन हिलमा भएको एक सभामा ट्रम्पले कोरोना भाइरसका संक्रमितसँग हात मिलाएका हुन् ।

समाचारमा जनाइएअनुसार कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्स (सिपीएसी) को सभामा ट्रम्पसँग हात मिलाएको भनिएका व्यक्तिमा पछि कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

ती संक्रमितको न्यू जर्सी राज्यको एक अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

ट्रम्पसँग हात मिलाउनेबाहेक उक्त सभामा सहभागी अर्का एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उक्त सभामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित उपराष्ट्रपति माइके पेन्स समेत सहभागी थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ०८ बजे

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को