कोरोनाको रोकथाममा प्रदेश सरकारको उच्च सतर्कता « Khabarhub

कोरोनाको रोकथाममा प्रदेश सरकारको उच्च सतर्कता


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि उच्च सुरक्षा सतर्कताको तयारी तीव्र पारिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको सरोकारवालासँगको बैठकले कोरोनाको सङ्क्रमण सुदूरपश्चिममा पनि देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम, पहिचान उपचार र व्यवस्थापनमा सतर्कता अपनाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झङ्करबहादुर विष्टले जानकारी दिए ।

बैठकले कोरोनाको रोकथामका लागि जनचेतना बढाउने, सीमानाकामा हेल्थ डेस्कको सङ्ख्या बढाउने, शंकास्पद बिरामीका लागि अस्पतालमा छुट्टै आइसोलेसन वार्डको व्यवस्थापन गर्ने र कोरोना शङ्कास्पद बिरामीलाई ओसारपसार गर्न सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

त्यसैगरी मास्क, पञ्जा र औषधिजन्य सामग्री सार्वजनिक खरिद ऐनको विशेष व्यवस्थाअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरी आपूर्ति गर्ने, दैनिक उपभोग्य वस्तुको अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमन गर्नेलगायत निर्णय गरेको विष्टले बताए ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, विभिन्न मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशकलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ०६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच