अल्जेरियाको ‘एनआरडी’पार्टीले राष्ट्रपतिलाई समर्थन नगर्ने घोषणा | Khabarhub Khabarhub

अल्जेरियाको ‘एनआरडी’पार्टीले राष्ट्रपतिलाई समर्थन नगर्ने घोषणा


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– उत्तर अफ्रिकी मुलुक अल्जेरियाको सरकारसँग नजिक रहेको शक्तिशाली राजनीतिक दल नेशनल ¥याली फर डेमोक्र्याटिक पार्टीले वर्तमान राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकालाई समर्थन नगर्ने घोषणा गरेको छ ।

निकै लामो समयदेखि अल्जेरिया सरकारको गठबन्धनमा रहेको नेशनल  र्‍याली फर डेमोक्र्याटिक आरएनडी पार्टीले बोटेफ्लिकालाई समर्थन नगर्ने घोषणा गरेको हो । पार्टीका प्रवक्ता सदिक सिहाबले अल विलाद टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बोटेफ्लिकाले पाचाँै चरणको कार्यकालका लागि उम्मेद्वारी दिएर गल्ती गरेको र यसमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने जनाएका हुन् ।
उनले भने — ‘गैर संवैधानिक शक्तिले केही वर्षयता मुलुकको सत्ता आफ्नो हातमा लिएर कानूनी प्रक्रियाबाहिर गई राज्य सञ्चालन गर्दै आइरहेको छ ।’
विगत २० वर्षदेखि अल्जेरियाको सत्तामा रहेका राष्ट्रपति बोटेफ्लिकाले आगामी १८ अप्रिलमा हुन लागेको निर्वाचनमा पाचौँ कार्यकालका लागि उम्मेद्वारी दिएपछि उनीविरुद्ध अल्जेरियाभर प्रदर्शन हुँदै आएको छ ।
उनको राजीनामा माग्दै दशौँ हजार मानिसहरु सडकमा प्रदर्शन गर्दै आएका छन् ।
यद्यपि राष्ट्रपति बोटेफ्लिकाले राजीनामा दिने संकेत भने दिएका छैनन् ।
उनीप्रति असन्तुष्ट उनको आफ्नै नेशनल लिबरेसन फ्रन्टका नेताहरुसहित यसअघि उनको समर्थनमा रहेका अरु दलका नेताहरुले पनि उनीको विपक्षमा आउन थालेका छन् ।
सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा दुर्लभ रुपमा मात्र देखा पर्दैआएका छन् भने उनी ह्विलचियरको सहायताबाट हिँडडुल गर्ने गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ०८ बजे

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची