कोरोना प्रभाव: कलाकर्मीको फिक्का होली « Khabarhub

कोरोना प्रभाव: कलाकर्मीको फिक्का होली


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको तुलनामा यसवर्षको फागुपूर्णिमाको रौनक फिक्का छ । गतवर्ष राजधानीका गल्लीगल्लीमा होलीको रौनक हुन्थ्यो । यसपटक भने सडक नेपाल बन्दमा झैँ सुनसान छ ।

कोरोना भाइरसको त्रासका कारण यसपटकको फागूपूर्णिमाको रौनक भने खासै देखिएन । राजधानीको बसन्तपुर क्षेत्रमा पनि निकै कम चहलपहल देखियो ।

हरेक वर्ष नेपाली फिल्म क्षेत्रका हस्तीहरुले होलीका कार्यक्रम राख्ने गर्थे । रिलिजका क्रममा रहेका फिल्मले पनि होलीको अवसर पारेर होलीका कार्यक्रमहरु राख्ने गर्थे । यसपटक भने कलाकारले पनि खुलेर होली मनाएका छैनन् ।

नायिका रेखा थापाले होलीको शुभकामना दिँदै यो तस्वीर शेयर गरेकी छिन् ।

राजधानीको बानेश्वरमा पनि कलाकारले होलीको छुट्टै माहोल बनाउने गर्थे । गोपीकृष्ण हल परिसरमा पनि होलीको रौनकता छाउने गर्थ्यो । यसपटक भने कोरोनाका कारण कतै पनि होलीका कार्यक्रम राखिएनन् ।

परिवारका साथ निर्देशक दीपाश्री निरौला । तस्वीर – दीपाश्री निरौलाको फेसबूक ।

कोरोना नफैलियोस् भनेर सरकारले पनि सुरक्षा अपनाउन भन्दै सार्वजनिक रुपमा भीड नगराउन आह्वान गरेकाले पनि कलाकारहरुले यसपटक होलीमा जमघट गरेका छैनन् ।

जे होस्, कोरोनाका कारण होलीको माहोल भने निकै सुनसान देखिएको छ ।

नायिका पूजा शर्मा । तस्वीर – पूजा शर्माको फेसबूक ।

दीपाश्री निरौलाले सामाजिक सञ्जालमा घरभित्रै होली मनाएका केही तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘घरभित्र नै खेलौं होली, होलीको शुभकामना ।’

यस्तै अभिनेता दीपकराज गिरीले पनि यसपटक होली नमनाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै भनेका छन्, ‘यो वर्ष होलीबारे कुरा नगरौं, टिकटकबारे कुरा गरौं ।’

नायिका नीता ढुंगानाको होली । तस्वीर – नीता ढुंगानाको फेसबूक ।

नायिका करिश्मा मानन्धरले फेसबूकमा लेखेकी छिन्, ‘यसपटक हामीले भेटघाट र रंग दलेका छैनौं, फागुपूर्णिमाको शुभकामना ।’

नायिका नीता ढुंगानाले घरमा परिवारका साथ होली मनाएकी छिन् । उनले थोरै साथीभाइ जम्मा भएर होली मनाएको बताएकी छिन् ।

रेखा थापाले पनि परिवारका साथ मनाएका होलीका तस्वीरहरु शेयर गर्दै होलीको शुभकामना दिएकी छिन् । रेखा पनि यस्ता पर्वहरुमा खुलेर रमाउने गर्छिन् । तर, यसपटक भने रेखाले पनि होलीलाई घरभित्रै सीमित बनाएकी छिन् ।

नायिका दीपिका प्रसाईं । तस्वीर: दीपिका प्रसाईंको फेसबूक ।

खुलेर होलीमा रमाउने कलाकारको होली यसवर्ष भने लगभग सुनसान छ । होलीका कार्यक्रममा व्यस्त हुने सेलिब्रेटीहरु पनि यसपटकको होलीमा फुर्सदमा छन् ।

नायिका दीपिका प्रसाईंले पनि घरभित्र होली मनाएका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

कलाकार किरण केसीले होलीको शुभकामना दिँदै पुरानो तस्वीर शेयर गरेका छन् । तस्वीरमा – किरण केसी, प्रियंका कार्की र हरिवंश आचार्य ।

हास्यकलाकार किरण केसी भने परिवारका साथ सामान्य होली मनाउने तयारीमा भएको बताउँछन् । यतिबेला ‘लक्का जवान’ फिल्मको काममा समेत व्यस्त किरण केसी सामान्य भेटघाट र रमाइलो गर्ने बताउँछन् ।

उनी भन्छन्, ‘यसपटकको होलीको रौनक पहिलेको जस्तो त छैन तर सामान्य भेटघाटमा चाहिँ छौं, कोरोनाको डरलाग्दो रुपको मध्यनजर गरेर सामान्य भेटघाटमा रमाएका छौं ।’

उनका अनुसार दीपाश्री निरौला, वर्षा राउत, वर्षा शिवाकोटी, अनुराग कुँवर लगायतका कलाकार भेटघाट गरेर होली भेटघाट गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : ३० बजे

बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड

नुवाकोट– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय