२४ वर्षपछि सनीले ल्याइन् ‘खुला आकाश’ (भिडियो) « Khabarhub

२४ वर्षपछि सनीले ल्याइन् ‘खुला आकाश’ (भिडियो)


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री सनी रौनियारले ‘खुला आकाश’ बोलको गीत सार्वजनिक गरेकी छिन् । ‘प्रेमपिण्ड’ फेम्ड यी अभिनेत्रीले आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत बजारमा ल्याएकी हुन् ।

सार्वजनिक गीतमा सनीको पनि अभिनय छ । गीतले महिलाको पक्षमा बोल्छ ।

झन्डै २४ वर्ष पछाडि आफ्नै आवाजमा गीत बजारमा ल्याएकी सनीले समाजमा अझै पनि व्याप्त पुरुषप्रधान मानसिकत बीच महिलाको दृष्टिकोण र विचारहरु ल्याएको बताएकीछिन् ।

उनले २४ वर्ष अगाडि ‘सनी’ नामक गीती एल्बम दर्शकमाझ ल्याएकी थिइन् ।

यो गीतमा वरिष्ठ संगीतकार राजु सिंहले संगीत भरेका छन् भने विजय शिवाकोटीको शब्द रचना छ । भुषण दाहालले निर्देशन गरेको भिडियोमा जीवन रिजालको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ३ : ०० बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ