काभ्रेको पनौतीमा संकटा र अबिर जात्रा मनाइयो « Khabarhub

काभ्रेको पनौतीमा संकटा र अबिर जात्रा मनाइयो


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने संकटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामसँग मनाइएको छ ।

विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने जात्रामा बाजागाजासहित पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको संकटा मन्दिरबाट शुरु गरी बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर जात्रा सम्पन्न हुन्छ ।

पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको संकटा जात्रा र अबिर जात्रा पनि एक हो । सिङ्गो पनौती बासिन्दाले मनाउने सो जात्रा हरेक फागु पूर्णिमाको दिन धुमधामसँग मनाइन्छ ।

पौराणिककालदेखि मनाउँदै आएको भए पनि विभिन्न कारणले निरन्तरता दिन नसकेको जात्रा २०६७ सालदेखि भिन्तुना ग्रुप पनौतीको अगुवाइमा वार्षिकरुपमा मनाउँदै आएको संकटा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले बताए ।

विशेषगरी पारिवारिक सुख र समृद्धिको कामनाका साथ सबैको सुख, शान्ति र मेलमिलापको कामना गर्दै सङ्कटमोचन होस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले भन्नुभयो, “यो जात्रा मनाएपछि पारिवारिक र समाजमा सङ्कटमोचन हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।”

सो अवसरमा बिहान बाजागाजासहित नगर परिक्रमा गर्ने र दिउँसो संकटा मन्दिरमा राँगो बलि दिएर सुन संकटा मूर्तिलाई बजार परिक्रमा गरेर पुनः मन्दिरमा नै लगेर राखिन्छ । सो जात्रासँगै आज नै यहाँका स्थानीय बासिन्दाले एकापसमा अबिर लगाएर अबिर जात्रासमेत मनाइयो छ ।

आपासी सद्भाव, खुशी र उमङ्गको पर्वका रुपमा मनाउँदै आएको फागु पूर्णिमालाई यहाँका स्थानीय बासिन्दाले अबिर जात्राका रुपमा मनाउँदै आएको छ । विभिन्न बाजागाजा बजाएर बजार परिक्रमा गर्दै एकापसमा रङ दलेर अबिर जात्रा मनाएको कर्माचार्यले बताए ।

यस वर्ष जात्रा मनाउनका लागि स्थानीय प्रवीण कर्माचार्यको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गरी जात्रालाई व्यवस्थित ढङ्गले मनाएको छ । पनौतीमा हुने जात्रामध्ये सो जात्राका लागि पनि नगरपालिकाले आर्थिक सहयोग गरिएको छ ।

पनौतीमा हुने जात्राको मुम व्यवस्थापन समितिको नाममा बजेट व्यवस्थापन गरेअनुसार त्यसबाट विभिन्न जात्रा मनाउनका लागि बजेट व्यवस्थापन हुने जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : ३५ बजे

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी