कोरोनाभाइरसको असरः आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द « Khabarhub

कोरोनाभाइरसको असरः आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

नेपालीले पनि स्वास्थ्य प्रमाणपत्र देखाउँनुपर्ने !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ ।

अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ ।

अध्यागमनले जारी गरेको विज्ञप्ति

अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।

आफू स्वस्थ भएको प्रमाणपत्र पनि ७ दिनभित्रको मितिमा तयार भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालीले पनि स्वास्थ्य प्रमाणपत्र देखाउँनुपर्ने !

यसैबीच बिदेशबाट नेपाल आउने नेपालीले पनि आफू कोरोना संक्रमित नभएको पुष्टि हुने कागजात पेस गरेर मात्र नेपाल आउन पाउने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

ठीकठाक अवस्थामा नेपाल आएका नेपाली र विदेशी जो कोहीले पनि अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको मन्त्री ढकालले जनाएका छन् ।

तर यसअघि चीनबाट उद्धार गरेर नेपाल ल्याइएका १ सय ७५ जना नेपालीका लागि राज्यस्तरबाट भएको उद्धार एवं सरकारले नै क्वारेन्टीमा राख्ने अवस्था भने नरहेको मन्त्री ढकालले बताएका छन् ।

भवितब्य आइहाले खरिपाटीको क्वारेन्टाइनसहित काठमाडौं उपत्यकाका सबै ४३ वटै अस्पताललाई तमतयार रहन निर्देशन दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

उनले भने, ‘हामिसँग प्लान छ, मुख्य प्राथमिकतामा टेकु अस्पताल, पाटन र सशस्त्र प्रहरीका अस्पताल छन् १ सय ४० भन्दा बढी आइसोलेसन बेड तमतयारी अवस्थामा छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : १२ बजे

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू)

काठमाडौं– सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र

पोखरा महानगरको योजना : फिर्के खोलाको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की– पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन

मुटु, मिर्गौला र कलेजोका लागि कागती पानी कति फाइदाजनक ?

नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा