सोमपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरिए « Khabarhub

सोमपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरिए


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा हेरफेर गरेको छ।

क्यानले विज्ञप्ति जारी गर्दै अनुभवी तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको छ।

एसबीएल एनपीएल तेस्रो संस्करणको अन्तिम खेलमा घाइते भएपछि उनी नोभेम्बर १९ देखि २९ सम्म कतारमा चल्ने प्रतियोगितामा सहभागी हुन नसक्ने भएका हुन्।

सोमपालको स्थानमा क्यानले प्रतिश जी.सी. लाई टोलीमा छनोट गरेको छ।

त्यसैगरी, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ४६ बजे

भारतसँग पर्यटन र हवाई सम्पर्क विस्तारमा मन्त्री पौडेलको जोड

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र

सोमपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरिए

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने

‘रामायण’मा जटायुको अन्तिम संवाद ‘हे राम’ का लागि अनुपमले गरेका थिए २०० पटक अभ्यास

काठमाडौं– फिल्ममा कुनै पात्रलाई जीवन्त बनाउन अभिनय मात्र पर्याप्त हुँदैन,

याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी

काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर

काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी