कोरोना भाइरस नेपालमा आउँदै नआओस् भनेर प्राथना गरौं: दीपाश्री « Khabarhub

कोरोना भाइरस नेपालमा आउँदै नआओस् भनेर प्राथना गरौं: दीपाश्री


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारभरि प्रभाव पारेको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि त्रास फैलाएको छ । अरू क्षेत्रमा झैँ फिल्म क्षेत्रमा पनि यसको असर छ ।

रिलिजका क्रममा रहेका केही फिल्मको मिति पछाडि सारिएको छ । कोरोना भाइरस सर्ने भयले हलमा कम दर्शक गइरहेका छन् । जबकि, सरकारले नेपालमा एकजनामा पनि कोरोनाको संक्रमण नभएको बताएको छ ।

नायिका तथा निर्देशक दीपाश्री निरौलाले सम्पूर्ण नेपालीलाई कोरोनाबाट शतर्क रहन आह्वान गरेकी छिन् । खबरहबको कुराकानीमा उनले भनिन्, ‘यो भाइरस अझै नेपालमा आइसकेको छैन, यो त धेरै खुशीको कुरा हो ।’

उनले कोरोनाको संक्रमणबाट बच्न हात धुन र मास्कको प्रयोग गर्न पनि सुझाएकी छिन् । सबै नेपालीलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन र भीडमा नजान पनि निरौलाको अनुरोध छ ।

‘मान्छेलाई आफ्नो ज्यानको माया त भइहाल्छ, कोरोना भाइरस पनि नेपालमा आउँदै नआओस्, भगवानसँग यही प्राथना गरौं,’ दीपाश्रीले भनिन्, ‘सरकारले पनि सचेत रहन अनुरोध गरेको छ, यस्तो बेलामा हामी सबैले ख्याल गर्नुपर्छ ।’

दीपाश्रीले ‘छक्का पञ्जा’ सिरिज निर्देशन गरेकी थिइन् । पछिल्लो समय निरौला चर्चामा छिन् । टेलिभिजनको पर्दामा दर्शकको मन जितेकी निरौला पछिल्लो समय भने फिल्ममा व्यस्त छिन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : ५९ बजे

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको