भारतका नेपालीभाषीमाझ ‘हजार जुनीसम्म’ प्रदर्शन गरिने « Khabarhub

भारतका नेपालीभाषीमाझ ‘हजार जुनीसम्म’ प्रदर्शन गरिने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको लभस्टोरी फिल्म यही मार्च १३ देखि प्रदर्शन हुने जनाइएको हो ।

निर्माण टिमका अनुसार फिल्म सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजा मल , कार्निभलमा प्रदर्शन गरिने भएको छ । यस्तै दार्जिलिङको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया , कालिम्पुङको ड्रिम थियटर, सिक्किमको पनि ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतका हलमा फिल्म प्रदर्शन हुने टिमले जनाएको छ ।

यो क्षेत्रमा नेपालीभाषी बसोबास गर्ने गर्छन् ।

सोमबार कालिम्पुङमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइयो । पत्रकार भेटघाटमा फिल्मका शीर्ष कलाकार आर्यन सिग्देल, अखिलेस प्रधान लगायत उपस्थित थिए ।

यो फिल्म सिक्किमका विभिन्न स्थानमा खिचिएको थियो । पारिवारिक कथा भनिएको यो फिल्ममा आर्यन सिग्देल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको छ ।

निर्माण टिमले नेपालीभाषी भएका अन्य शहरमा पनि फिल्म प्रदर्शन गर्ने जनाएको छ ।

फिल्मको छायांकन सिक्किम र दार्जि्लिङ्गको रमणीय दृश्यमा गरिएको थियो भने एमजी रोडमा एक गीतको छायांकन गरिएको थियो ।

फिल्ममा आर्यन, स्वस्तिमा र अखिलेसका अलावा सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता विशाल चाम्लिङ हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : १० बजे

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला

काठमाडौं- बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा