आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन आर्मी क्लब १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा मंगलबार भएको क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

संकटाविरुद्ध आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले समान एक–एक गोल गरे ।

खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाएका थिए भने ७० औं मिनेटमा नवयुगले र ७५ औं मिनेटमा विवेकले गोल गर्दै टीमलाई ३-० गोल अन्तरको जित दिलाए ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ०१ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले