च्याम्पियन्स लिगबाट बाहरियो टोटेनहम « Khabarhub

च्याम्पियन्स लिगबाट बाहरियो टोटेनहम


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातिको खेलमा पराजित हुँदै टोटेनहम हट्रपर प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तिम १६ को दोस्रो लिगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसंग ३–० ले पराजित हुँदै टोटेनहम प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो लिगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित जर्मन क्लब जर्मन क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मार्सेल सबित्जरले १० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । २१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।

बेन्चबाट मैदान छिरेका ईमिल फोर्सबर्गले पहिलो टचमै गोल गर्दै ८७ औ मिनेटमा लाईपेजलाई ३–० को जित दिलाएका थिए ।

पहिलो लिगमा हारे पनि दोस्रो लिगमा आफूलाई पुनरागमन गराउने टोटेनहमको चाहाना चकानाचुर भएसँगै प्रतियोगिताबाट पनि बाहिरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : २७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने