कोरोनाका कारण दयाहाङको 'नीरफूल' पनि सर्‍यो | Khabarhub Khabarhub

कोरोनाका कारण दयाहाङको ‘नीरफूल’ पनि सर्‍यो


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र ७ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘नीरफूल’ को प्रदर्शन मिति स्थगित गरिएको छ । पत्रकार फूलमान निर्देशित यो फिल्म शुरुमा फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो ।

यो मितिमा पल शाह र पूजा शर्माको फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही मितिमा रिलिज हुने भनिएपछि फिल्म एक हप्तापछि सरेको थियो । कोरोना भाइरसको सन्त्रासका कारण यो फिल्मको प्रदर्शन पनि स्थगित गरिएको छ ।

यतिबेला भने कोरोना भाइरसको त्रासका कारण ‘नीरफूल’ को पनि निर्धारित प्रदर्शन मिति स्थगित गरिएको हो ।

‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह, तथा कार्यक्रम नगर्न आह्वान गरिरहेका बेला हामीले पनि नीरफूलको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ सेलो प्रोडक्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्माण टिमले समयमा फिल्म प्रदर्शन गर्न नपाएको भन्दै दर्शकसँग माफी मागरेको छ । निर्माण टिमका अनुसार स्थिति सामान्य भएपछि फिल्म पुनः प्रदर्शन गरिनेछ ।

फिल्ममा भूकम्पले तहसनहस पारेको एक परिवारको कथा समेटिएको छ । फूलमान बलको लेखन समेत रहेको यो फिल्ममा धादिङ जिल्लाको हिमाली भेगको एक परिवारको कथा देखाइएको छ ।

सचिन घिमिरे र फूलमान बलले स्क्रिप्ट तयार पारेको फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । यस्तै फिल्ममा रेखा थापा, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, सरिता गिरी, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ११ : ४० बजे

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक

उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

काठमाडौं– विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु

गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो

काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात

पोखरा एयरपोर्ट प्रतिवेदन : निर्णय प्रक्रियामा धेरै सहभागी, निश्चितलाई मात्रै दोषी करारको प्रयत्न

काठमाडौं– सार्वजनिक लेखा समितिअन्तर्गत राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको अध्ययन समितिले पोखरा