आफैंले घरमै बनाउन सकिन्छ सुरक्षित मास्क « Khabarhub

आफैंले घरमै बनाउन सकिन्छ सुरक्षित मास्क


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको त्रास बढेसँगै बजारमा सर्जिकल तथा सामान्य मास्कहरुको अभाव देखिएको छ ।

पहिला पहिला चोक–चोक र हरेक औषधि पसलमा सर्जिकल मास्क सजिलै पाइन्थ्यो तर आजभोली औषधि पसलको अगाडी मास्क छैन भनेर लेखिएको बोडहरु मात्र देखिन्छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिममा राखेको छ ।

मानिसहरुमा कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै गर्दा केही व्यापारीहरुले भने त्यसको गलत फाइदा उठाउदै मास्कमागि पनि कालोबजारी गरिरहेका छन् ।

बजारमा मास्क अभाव भएसँगै मुल्य पनि निकै बढेको छ । यस्तो अवस्थामा मानिसहरुमा कोरोनाको त्रास झनै बढेको देखिन्छ । बजारमा मास्क अभाव हुँदैमा वा मुल्य बढी भएमा अब चिन्ता लिनु पर्दैन ।

संक्रामक रोगको जोखिमबाट बच्च अब आफैले घरमै पनि मास्क बनाउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । डा पाण्डेका अनुसार मास्क र स्यानिटाइजर आफैले बनाउन सकिन्छ ।

आफैले कसरी बनाउने मास्क ?

–  राम्रो कटनको डबल लेयर मास्क घरमै सिलाउन सकिन्छ । मास्क बनाउँदा नाकको माथिल्लो भागमा लचक भएको प्लास्टिक राख्नुपर्छ । चारैतिरबाट हावा नछिर्ने गरि बनाउन सकिन्छ ।

– ह्याण्ड स्यानिटाइजर पनि घरमै बनाउन सकिन्छ । आइसोप्रोपाइल अल्कोहल वा इथानोल वा स्प्रिट र त्यो पनि नपाए ६५-९० प्रतिशत अल्कोहल युक्त कडा रक्सी ( रुसमा भोड्का पनि प्रोग गर्ने प्रचलन छ ।) मा एक तिहाइ घ्युकुमारीको गुदी मिसाउने ।

अनि ल्वांगको तेल वा लिभेंडर वा कागती थोरै मिसाएर तथा राम्रोसँग फिटेर साना साना बट्टामा राख्न सकिन्छ । त्यो मिश्रण ८ – १० थोपा हातमा राखेर प्रायो गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ३३ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी