सरकारले विकासमा पक्षपात गरेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप « Khabarhub

सरकारले विकासमा पक्षपात गरेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहजिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् ।

उनले शुरु भएका विकास योजनाको बजेट पनि सरकारले कटौती गरेको बताए । अहिले दुईतिहाइ मतसहितको सरकार भएपनि विकासका क्षेत्रमा काम गर्न नसकेको पौडेलको आरोप छ ।

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने पुलको शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताए।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गरे।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ८ : २५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको