राजेश हमालसँग ‘चिया गफ’ मात्र भएको हो: निखिल उप्रेती « Khabarhub

राजेश हमालसँग ‘चिया गफ’ मात्र भएको हो: निखिल उप्रेती


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निखिल उप्रेतीले निर्माण गर्ने फिल्म ‘आयो भैरव’ मा अभिनेता राजेश हमाललाई अफर गरिएको खबर केही सञ्चार माध्यममा छापियो । यता अभिनेता निखिल उप्रेतीले भने हमालसँग ‘चिया गफ’ मात्र भएको प्रतिक्रिया दिएका छन् ।

खबरहबसँगको कुराकानीका क्रममा निखिलले हमाललाई फिल्ममा अफर नगरिएको तर भविष्यमा सँगै काम गर्न सकिने प्रतिक्रिया दिए । उनले भने, ‘यी समाचारमा कुनै सत्यता छैन, भोलि फिल्ममै काम गर्न पनि सकिन्छ, तर हिजो चाहिँ चिया गफ मात्र भएको हो ।’

निखिलले निर्देशन गर्ने भनिएको फिल्म ‘आयो भैरव’ चर्चा भए पनि कहिले निर्माण हुने भन्ने टुङ्गो छैन । निखिलले भने यो फिल्म समसामयिक विषयमा निर्माण हुने बताउँदै आएका छन् ।

‘फिल्म त बन्छ नै, अहिले स्किृप्टमै काम चलिरहेको छ, उहाँलाई अफर गरेको भन्ने समाचार अनुमानका आधारमा लेखिएको हुनसक्छ,’ निखिलले भने, ‘हामी भेटेको तस्वीर बाहिरिएपछि यस्तो चर्चा चलेको होला ।’

‘सत्यता छ पनि कसरी भन्नु, सत्यता छैन पनि कसरी भन्नु, भोलि फेरि सँगै काम गरियो भने झूठ बोलेको झैँ हुन्छ,’ निखिलले भने ।

उनले यो फिल्ममा वर्तमान देशको अवस्था र राजनीतिलाई उतार्न खोजिएको बताए । उनले भने, ‘फिल्म दमदार बन्छ यसमा दुई मत छैन, सामाजिक विकृतिलाई समेटेर फिल्म बनाउँदै छौं, तर समय लाग्छ ।’

पछिल्लो समय निखिल फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । तर, चर्चाका हिसाबले भने उनको चर्चा भइरहन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : ०८ बजे

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले

जिफन्टको निष्कर्ष : सरकारबाटै श्रमिकको अधिकार खोस्ने प्रयास भइरहेको छ

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष

खड्काले बोलाएको बैठकमा गएनन् डा. शेखर र उनीनिकट नेताहरू

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार धुम्बाराहीमा