राप्रपा एकीकरण : गीताको पुस्तक छोएर पार्टी नफुटाउने कसम खानु पर्ने माग « Khabarhub

राप्रपा एकीकरण : गीताको पुस्तक छोएर पार्टी नफुटाउने कसम खानु पर्ने माग


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो । नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ ।

कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एक भएको घोषणा गरेका हुन् ।

एकीकरण पत्र आदानप्रदान गरिरहँदा कार्यकर्ताले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए । एकता कार्यक्रममा सहभागी केहीले नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुट्दैन भन्नु पर्ने बताएपछि अन्य सहभागीले सही थपेका थिए ।

गीता छोएर पार्टी फुट्दैन भन्नु पर्ने माग आएपछि एकजनाले गीताको पुस्तक मञ्चमा लगेका थिए। तर अध्यक्ष थापा र राणाले उक्त पुस्तक छोएनन् ।

शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए । अब राप्रपामा ३ अध्यक्ष रहने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : ४८ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको