खबरहबको प्रधानसम्पादकमा लुइँटेल नियुक्त « Khabarhub

खबरहबको प्रधानसम्पादकमा लुइँटेल नियुक्त


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खबरहबको प्रधानसम्पादकमा वरिष्ठ पत्रकार गोविन्द लुइँटेल नियुक्त भएका छन् ।

खबरहब व्यवस्थापनको बुधबार बसेको बैठकले लुइँटेललाई चैत १ गतेदेखि लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो ।

दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित कार्यक्रममा खबरहबका अध्यक्ष नरेश श्रेष्ठले लुइँटेललाई प्रधानसम्पादक नियुक्त गरेको घोषणा गरे । खबरहब व्यवस्थापनले प्रधानसम्पादक जीवराम भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै लुइँटेललाई नियुक्त गरेको हो ।

वि. सं. २०५३ सालमा नयाँ विकल्प साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका लुइँटेलसँग विभिन्न पत्रपत्रिका र टेलिभिजनमा काम गरेको लामो अनुभव छ ।

खबरहबमा नियुक्त हुनुअघि उनी विगत १३ वर्षदेखि हिमालय टाइम्स राष्ट्रिय दैनिकमा सम्पादकको भूमिकामा थिए । लुइँटेल राजनीतिक, साहित्य लगायतका क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनी पुस्तक लेखन तथा सम्पादनमा पनि सक्रिय छन् ।

निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो टेलिभिजन ‘च्यानल नेपाल’मा पनि उनले पाँच वर्षभन्दा लामो समय सम्पादकको भूमिका निर्वाह गरेको अनुभव छ ।

खबरहब व्यवस्थापनले स्थापनाकालदेखि नै प्रधानसम्पादकको भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार भण्डारीलाई संस्थालाई यो उचाइसम्म ल्याउन महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद दिएको छ ।

अध्यक्ष श्रेष्ठले व्यक्तिगत कारणले भण्डारीले राजीनामा दिए पनि उनी एक अनुभवी र व्यावसायिक पत्रकार रहेको उल्लेख गर्दै संस्थाले उनको योगदानको स्मरण गरिरहने बताए ।

श्रेष्ठले लुइँटेलको नेतृत्वमा खबरहब अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ५१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै