उपत्यकामा बढ्दो सवारी दुर्घटना, ६ महिनामा १५२ को मृत्यु « Khabarhub

उपत्यकामा बढ्दो सवारी दुर्घटना, ६ महिनामा १५२ को मृत्यु



काठमाडौं- देशको राजधानी काठमाडौंलाई उपत्यका नआउनेले सुविधासम्पन्न शहरका भएको आँकलन गर्छन् । तर जब उनीहरु थानकोट वा साँगाबाट उपत्यका भित्रिन्छन् अनि यो आँकलन गलत पाउँछन् । हुन पनि उपत्यकामा सबै क्षेत्रको लथालिंग अवस्था देख्दा सबैलाई खिन्न बनाउँछ । त्यसमा पनि यातायात क्षेत्रको समस्याले सर्वसाधारण आजित हुने गरेका छन् ।

उपत्यकामा सवारी चलाउने चालकलाई मात्र होइन । बाटोमा हिँड्ने पैदलयात्रीलाई पनि ज्यान जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । साना र साघुँरा सडक, ट्राफिक नियमलाई अवज्ञा गर्ने सवारी चालकका कारण धेरै दुर्घटना हुने गरेको पाइएको छ ।

तीव्रगतिमा गुड्ने सवारीका कारण त्रसिद हुँदै हिँड्नुपरेको पैदलयात्रीको गुनासो छ । सर्वसाधारणको गुनासो जस्तै ट्राफिक प्रहरीको तथ्यांक हेर्दा पनि तीव्र गतिकै कारण सवारी दुर्घटना हुने गरेको र यो क्रम दिनप्रतिदिन बढ्दै गएको छ । प्रत्येक वर्ष एक सय ५० भन्दा बढीले सवारी दुर्घटनामा परी ज्यान गुमाउने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा संलग्न सबैभन्दा धेरै सवारी साधनमा मोटरसाइल/स्कुटर पर्ने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले बताए ।

सापकोटाका अनुसार गत आर्थिक वर्षमा ट्रक, कन्टेनर, टिपर, बस, जिप, मोटरसाइकल÷स्कुटर, ट्यांकर, टेम्पो, माइक्रोलगायतका १ सय ९४ सवारी साधन दुर्घटनामा परेका थिए ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पनि सोही संख्यामा सवारी साधन दुर्घटनामा परेको सापकोटाले बताए । ३ वर्षयता भएको दुर्घटना हेर्दा १ सय ७० वटा मोटरसाइल र स्कुटर परेका छन् ।

विगतका वर्षहरुमा ट्रक र टिपरकै कारण बढि दुर्घटना हुने गरेता पनि बिस्तारै न्यूनिकरण हुदै गएको छ । आर्थिक वर्ष २०७३/७४ को तथ्यांक हेर्ने हो भने ४६ वटा ट्रक दुर्घटनामा संलग्न थिए । गत आर्थिक वर्ष दुर्घटनामा संलग्न ट्रकको संख्या घटेर २० आइपुगेको थियो भने चालु आर्थिक वर्षको माघ मसान्तसम्म १२ वटा ट्रक सवारी दुर्घटनामा संलग्न भएका छन् ।

कुन जिल्लामा कति दुर्घटना ?

उपत्यकाका तीन जिल्लामा ७ महिनाको अवधिमा ४ हजार ८ सय १ सवारी साधन दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामै परी १ सय ५२ जनाले ज्यान गुमाएका थिए भने ३ हजार ४ सय ५२ जना घाइते भएका थिए ।

काठमाडौं जिल्लामा ३ हजार ५ सय ३७ वटा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा एक सय जनाले ज्यान गुमाएका थिए भने २ हजार २ सय ८६ जना घाइते भएका थिए ।

ललितपुर जिल्लामा ७ सय ८० सवारी साधन दुर्घटनामा परेका थिए जसमा २५ जनाले ज्यान गुमाउनु परेको थियो भने ६ सय ४४ जना घाईतेको सुचीमा परेका थिए ।

भक्तपुर जिल्लामा ४ सय ८४ वटा सवारी साधन दुर्घटना भएका थिए । जसमा २७ जनाको मृत्यु भएको थियो भने ५ सय २२ जना घाईते भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १० : ५० बजे

बजेट भाषण नयाँ संसद्‍को नयाँ हलबाट (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण

सुर्खेतरोडमा अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई

सम्हालियो ‘लालीबजार’, ‘मालती मंगले’ फ्लप हुँदा रामकृष्णलाई तनाव

काठमाडौं – वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।  

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय