कर्णालीमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालतमा रिट « Khabarhub

कर्णालीमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालतमा रिट


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली प्रदेशका हिमाली जिल्लामा नयाँ शैक्षिकसत्र शुरु भइसक्दा समेत पाठ्यपुस्तक नपुगेपछि उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ ।

हुम्ला, डोल्पा, कालीकोट, मुगु र जुम्लामा शैक्षित्र सत्र शुरु भएको तेस्रो साताभन्दा बढी समयसम्म विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले रिट दायर गरेको हो ।

इन्सेकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरलाई विपक्षी बनाउँदै बुधबार रिट दायर गरेको हो ।

त्यसैगरी विपक्षीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा विकास निर्देशनालय रहेका छन् । इन्सेकले जुम्ला, मुगु, डोल्पा, हुम्ला र कालीकोटका एकाइ प्रमुख, शिक्षा विकास तथा समन्वयसमेतलाई विपक्षी बनाई रिट दायर गरेको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा माघ २५ देखि नयाँ शैक्षित्र सत्र शुरु भएको हो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : १५ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने