प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख, पत्नी राधिकाले भेटिन् « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख, पत्नी राधिकाले भेटिन्


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज ९ दिन पुगेको छ ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणहरु नियमित भइरहेको र परीक्षणका नतिजारु सामान्य र सुधारोन्मुख रहेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाका अनुसार प्रधानमन्त्री ओलीले नियमित आहार पनि खाइरहेका छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई  आज पत्नि राधिका शाक्यले पनि भेटेको बताए । उनले सामाजिक सञ्जाल ट्वीटर लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति। दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नुभयो।’

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेका चिकित्सकहरुले प्रधानमन्त्री ओली प्रत्यारोपणको एक सातामै डिस्चार्ज हुने भने पनि प्रधानमन्त्री ओलीको डिस्चार्जको विषयमा भने कुनै जानकारी दिइएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : ५९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग